१४ जेठ, काठमाडौं । सत्तासाझेदार र प्रतिपक्षीसहित प्रमुख दलहरुको बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकमा राष्ट्रिय जनता पार्टीको मागबारे छलफल भइरहेको छ ।
चुनावमा जानका लागि राजपाले राखेका शर्तहरुबारे बैठकमा कुराकानी भइरहेको बताइएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष बामदेव गौतम, काँग्रेस सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, फोरम लोकतान्त्रिकसहित राजपाका अध्यक्ष मण्डलका सबै नेताहरु सहभागी छन् ।
राजपाले चुनाव बहिस्कार गर्ने भन्दै आन्दोलन घोषणा गरेपछि प्रमुख दलहरुले छलफलका लागि बोलाएका हुन् ।