हलिउडको फिल्म ‘२०१२’ त तपाइले हेर्नुभएकै होला। यो फिल्ममा संसार विनाशको प्रसंगलाई मुख्य कथा बनाइएको छ। विश्व ध्वस्त हुने क्रममा बाँच्नको लागि चीनमा विशेष तरिकाले बनाइएको विमानमा खर्बपति पुग्छन्। यसरी नै प्रलयबाट बच्न क्यालिफोर्नियाका रोबर्ट विकिनोले एक बंकर बनाएका छन्। रोबर्टले आफ्नो कम्पनीसंग मिलेर जमीन तल एक खास बंकर बनाएका हुन, जुन सबै सेवा सुविधायुक्त छ।

doomsday bunker (1)

पश्चिमी अमेरिकामा तयार भएको यो बंकर ४-स्टार होटलको झै सेवा सुविधायुक्त छ। यसलाई परमाणु आक्रमणले पनि असर गर्न नसक्ने गरि बनाइएको बताइएको छ। यो बंकरमा ८० जना मानिस १ वर्षसम्म आरामले बस्न सक्छन्।doomsday bunker (12)

खानापीनाको साथ साथ बाथरुम, स्वीमिङ पुल, औषधी उपचारको सुविधा बंकर भित्र नै उपलब्ध हुनेछ। १ वर्षसम्मको लागि इन्धन पनि भित्रनै सुरक्षित राखिएको छ।

doomsday bunker (13)

प्रलयको समयमा जिन्दगी बचाउने हेतुले निर्माण गरिएको यो बंकर भने निकै महंगो छ। यहाँ बस्न वयस्कको लागि एक दिनको ३५ लाख रुपैँया र बच्चाको लागि २५ लाख रुपैयाँ बराबरको पैसा तिर्नुपर्ने हुन्छ।

doomsday bunker (14)

doomsday bunker (9) doomsday bunker (8) doomsday bunker (7) doomsday bunker (6) doomsday bunker (5) doomsday bunker (4) doomsday bunker (3) doomsday bunker (11) doomsday bunker (10)

यो पनि पढ्नुस्।
सुगा जस्तो देखिन काटे कान, गर्लफ्रेन्ड पनि उस्तै