२४ माघ, काठमाडौं । विद्यालयमा भयरहित शिक्षा पाउनु विद्यार्थीको नैसर्गिक अधिकार हो । तर अझै पनि विभिन्न वहानामा विद्यार्थी माथिको दमन र कुटपीट रोकिन सकेको छैन ।

अपडेट: विद्यार्थी कुट्ने प्रिन्सिपलले माफी मागे

यस्तै घटना दुरदराजमा होइन राजधानी काठमाडौंमा भएको छ । धुम्बाराहीमा रहेको लुम्बिनी बिगनर्स स्कूलका प्रिन्सिपल सुरेश यादवले आइतबार आफ्नै एक छात्रलाई निर्घात कुटेका छन् ।

विहानी प्रार्थनाका बेला शारिरिक ब्यायाम गर्न नजानेपछि विद्यार्थी सुदीप दाहाललाई प्रिन्सिपल यादवले कुटेका हुन् । कक्षा ९ मा अध्ययनरत विद्यार्थी दाहालाई कुटपीट गरेपछि प्रिन्सिपल सम्पर्कमा नरहेको विद्यालयले जनाएको छ । विद्यालय प्रशासनले भने गल्ती भएको स्वीकार गरेको छ ।

विद्यार्थी दाहालको खुट्टाभरी निलडाम र घाउ भएको छ ।