२७ कात्तिक, एजेन्सी।
अमेरिकी राष्ट्रपति चुनावमा हार बेहोरपछि हिलारी क्लिन्टनका आँखा ओभाएका छैनन्। अमेरिकी मिडियाले निकै प्राथमिकताका साथ हिलारीको समाचार सम्प्रेषण गर्यो, समर्थन गर्यो तर अन्तत: राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्प विजयी भएपछि विश्व चकित पर्यो। लामो राजनीतिक पृष्ठभूमी भएकी हिलारीलाई केही पनि राजनीतिक पृष्ठभूमी नभएका व्यवसायी ट्रम्पले चुनाव जितेपछि अमेरिका पुरै सन्तुष्ट छैन। अमेरिकाका विभिन्न सहरबाट ट्रम्प विरोधी र्याली अनि तोडफोडका खबर आइरहेका छन्।
यो पढनुस्: ‘हिलारीको रुवाई रोकिएन, रुदैँ साथीलाई फोन गरेर हारेको कारण खुलाइन’
सन् १९४७ अक्टोबर २६ मा सिकागोमा जन्मेकी हिलारी (हिलारी डायने रोधम) सन् २००९ देखि २०१३ सम्म ६७औँ सेक्रेटरी अफ स्टेट रहिन।
सन् १९६९ मा वेलस्ली कलेजमा ग्र्याजुएट भएपछि सन् १९७३ मा यल ल स्कुलबाट जेडी( जुरिस डक्टर) उपाधी पाइन।
पहिले देखि नै स्पष्ट व्यक्ताको रुपमा उभिएकी हिलारीले वेलस्ली कलेजबाट ग्र्याजुएट हुँदा ग्र्याजुएसन सेरेमोनिमा भाषण दिएकी थिइन। भाषण दिने विद्यार्थी उनी एक्ली थिइन।
यो पढ्नुस्: ट्रम्पले राष्ट्रपति पदको पारिश्रमिक नलिने!
सन् १९७५ मा बिल क्लिन्टनसंग विवाह गरिन। सन् १९९३ मा बिल अमेरिकाको राष्ट्रपति बने। हिलारी फर्स्ट लेडी भइन।
सन् १९९५ मा बेइजिङमा महिलाको विषयमा आयोजित संयुक्त राष्ट्रसंघको कन्फरेन्समा ‘मानव अधिकारहरु महिलाको अधिकार हुन् र महिलाको अधिकारहरु मानव अधिकार हुन्।’ भनी हिलारी गरेको भाषण निकै चर्चित भएको थियो।
यो पढ्नुस्: ट्रम्पको विरोधमा अमेरिकामा प्रदर्शन जारी
बिल राष्ट्रपति भएपछि पत्नी हिलारीको राष्ट्रपति माथी पर्ने प्रभावबारे सो बखत निकै चर्चा पाएको थियो। मानिसहरु हिलारीलाई ‘कडा’ स्वभावको व्यक्तित्व ठान्थे।
यो भडियो हेर्नुस्