२६ चैत, काठमाडौं ।

नेपाली फुटवलले अर्को एक नमिठो समाचार दिएको छ । विश्व फुटवल महासंघ फिफाले गरेको पछिल्लो र्‍याङ्किङमा नेपाल थप १ स्थान तल ओर्लिएर १८१ औं स्थानमा पुगेको छ ।

Nepali National Football Team

तर सार्ककै अर्को राष्ट्र भुटानले भने फड्को मार्दै १६३ औं स्थानमा पुगेको छ ।

एप्रिल महिनाका लागि फिफाले सार्वजनिक गरेको र्‍याङ्किङ अनुसार नेपाल भुटान भन्दा २० स्थान कमजोर छ ।

हालै भएको विश्वकप छनौट खेलमा नेपाल एउटा पनि खेल नजिति बाहिरएको थियो भने भुटान दोश्रो चरणमा प्रवेश गरेको छ ।