एजेन्सी ।

स्मार्टफोनमा विभिन्न एपहरु हुन्छन् । मानिसहरु त्यसमा भएका हरेक एप प्रयोग गर्न खोज्छन् । अनि स्मार्ट फोन दिक्क लाग्ने गरी स्लो हुन्छ । यहाँ स्लो भएको स्मार्टफोनलाई फाष्ट बनाउने केही विधीको चर्चा गरिएको छ ।

mobile fast technique 2

१ नचाहिने एप डिलिट गर्नुस्

तपाइँको मोबाइलमा धेरै किसिमका एप छन् । त्यसमा तपाइँलाई मन पर्ने र चाहिने तथा तपाइँलाई मन नपर्ने र नचाहिने एप पनि हुन्छन् । तिनलाई डिलिट गर्नु भो भने तपाइँको मोबाइल फाष्ट हुन सक्छ ।

mobile fast technique 1२ ह्वाट्सएपका फोटो डिलिट गर्नुस्
ह्वाट्स्एप र भाइबर जस्ता एपहरुले प्राप्त भएका तस्विर र भिडियो संकलन गर्ने गर्छन् । यस्ता तस्विर र भिडियो डिलिट नगर्ने हो भने मोबाइलमा भारी पर्छ । ह्वाट्सएप र भाइबरका तस्विर तथा भिडियो डिलिट गर्नुस् ।

mobile fast technique 3

३ फोनमा होइन स्ट्रिमिङमा राख्नुस् गीत र भिडियो

तपाइँलाई गीत सुन्न मन पर्छ भने अनलाइन एप वा विभिन्न म्यूजिक स्ट्रिमिङ प्रयोग गर्न सक्नु हुन्छ । मोबाइलमा धेरै गीतका भिडियो वा फाइल नराख्नुस् यसले मोबाइललाई भारी पार्छ ।

४ भिडियो सोंचेर मात्र सेभ गर्नुस्

मोबाइलमा भिडियो राख्दा धेरै भारी पर्छ । किन भने यसले धेरै स्पेस खाइदिन्छ । एकदम आवश्यक भिडियो मात्र मोबाइलको मेमरीमा राख्नुस् ।

५ डाउनलोड डाइरेक्टरी, क्याश चेक गर्नुस्

मोबाइलमा डाउनलोड डाइरेक्टरी र क्याश मेमरी जाँच गर्नुस् । यहाँ अनावश्यक फाइल जम्मा हुने हुँदा समय समयमा क्याश क्लिन गर्नु राम्रो हुन्छ । यसो गर्दा फोन फाष्ट हुन सक्छ ।

mobile fast technique 4

६ होम स्क्रिन क्लिन राख्नुस्

होम स्क्रिनमा सके सम्म कम एप राख्नुस् । होम स्क्रिनमा एप राख्दा मोबाइलमा भार पर्छ । यस्ता केही उपाय अपनाउँदा मोबाइल फाष्ट बनाउन सकिन्छ ।

mobile fast technique

यो पनि हेर्नुस्

विश्वका १० उत्कृष्ठ मोबाइल 

यसरी थाहा पाउनुस् तपाइँको फोन कति खतरनाक

मोबाइल खल्तीमा राख्नु घातक छ