बक्स अफिसमा अक्षय कुमारको राज कायमै

बलिउड सुपरस्टार अक्षय कुमारको पछिल्लो चलचित्रले बक्स अफिसमा शान्दर प्रदर्शन गरेको छ। लगातार सुपर हिट चलचित्र दिँदै आएका अक्षयको पछिल्लो चलचित्र ‘मिसल मंगल’ले बक्समा अफिसमा उत्कृष्ट ब्यापार गरेको छ। 

चलचित्र रिलिज भएको २१ दिनसम्म पनि चलचित्रले शो पाइरहेको छ । पछिल्लो तथ्याङक अनुसार चलचित्रले १९३ करोड भारुको व्यापार गरिसकेको छ। चलचित्रले २०० करोड भारुको आँकडा छुने करिब निश्चित छ।

प्रभासको बहुप्रचारित चलचित्र ‘साहो’ को क्रेजका बाबजुद मिसल मंगलले दर्शकको मन जित्ने मिसनमा हार मानेको छैन्। 

चलचित्र मिसन मंगलमा अक्षय कुमार सहित विद्या बालन, तप्सी पन्नु, सोनाक्षी जस्ता चर्चित कलाकारहरुको दमदार अभिनय हेर्न पाइन्छ।