बलिउडमा करिअर बनाउन कयौं युवायुवती सपना देख्छन, तर सबैका सपना विपना बन्दैन। २८ वर्ष भइसकेकी स्नेहा उलालले पनि बलिउडमा आफ्नो भाग्य परखिन। सलमानसंगै ‘लकि: नो टइम फर लव’ मा पहिलो पटक देखिएकी स्नेहा त्यतिमा सिमित भने भइनन। पछि अरु फिल्म पनि खेलिन तर चर्चामा आउन सकिनन। अनि बलिउड छोडेर टलिउड तिर लागिन।

ऐश्वर्या झै देखिनाले फिल्ममा अवसर पाएकी स्नेहा – फोटो फिच

यस्तै केही नायिकाहरु छन्, जसले बलिउडमा पाइला टेके अनि फ्लप बने अनि साउथ इन्डियन फिल्म तिर लागे अनि हिट बने।

sneha ullal hansika moktani
हंसिका मोटवानी

हंसिकाले सानै देखि बालकलाकारको रुपमा फिल्म अनि टेलिफिल्ममा अभिनय गरिन। बालकलाकारको रुपमा सफल भइन तर नायिकाको नाममा उनको चर्चा चलेन। सन् २००७ मा ‘आपाका का सुरुर’मा पहिलो पटक नायिकाको भुमिकामा बलिउडबाट डेब्यु गरिन। फिल्म गुमनाम भयो। यहि वर्ष उनले ‘देसमुदुरु’ बाट साउथ फिल्म इन्डस्ट्रीमा डेब्यु गरेकी छिन। फिल्म हिट बन्यो अनि डेब्यु नायिकाको फिल्मफेयर अवार्ड समेत पाइन। बलिउडमा अरु फिल्ममा पनि काम गरेकी थिइन उनले तर सफलता नपाएपश्चात उनी टलिउड तिर मोडिएकी थिइन।

तमन्ना भाटिया

tammana vatiya

नायिका तमन्ना भाटियाले बलिउडमा फिल्म ‘चांद सा रोशन चेहरा’बाट डेब्यु गरेकी थिइन। यस पश्चात अभिजीत सावंतको म्युजिक भिडियो एल्बम ‘आपका अभिजीत’मा उनलाइ देखियो । यो दुवैबाट तमन्नालाइ् कुनै पहिचान मिलेन। यस पश्चात उनी मोडिन टलिउड तिर। उनले साउथको कयौं सुपरहिट फिल्ममा काम गरिसकेकी छिन। आज उनी साउथकी सुपरस्टार हुन। उनले पछि पनि बलिउड फिल्ममा काम गरेकि थिइन तर फेरी पनि उनलाइ बलिउडबाट कुनै सफलता मिलेन।

नगमा

nagma

नायिका नगमा पनि ति नायिकामा पर्छिन जो बलिउड छोडेर टलिउड तिर लागेका छन्। नगमाले फिल्म ‘बागी’ बाट बलिउडमा पाइला टेकेकी थिइन। त्यसपश्चात केही अन्य फिल्ममा पनि काम गरिन तर कुनै पहिचान बन्न सकेन। अनि टलिउड तिर लागिन। साउथमा उनले कयौं हिट फिल्म दिइसकेकी छिन्।

ज्योतिका

jyotica

नायिका ज्योतिकाले ‘डोली सजा के रखना’ बाट बलिउडमा डेब्यु गरेकी थिइन। पहिचान नपाएपछि टलिउड तिर लागिन उनी। साउथमा फिल्म खेलेर कयौं अवार्ड पनि जितिसकिन। उनका कयौं फिल्म हिट भए साउथमा।

सोनाल चौहान

sonal chauhan

‘जन्नत’बाट बलिउडमा डेब्यु गरेकी सोनालले त्यसपछि पनि केही अरु हिन्दी फिल्ममा अभिनय गरिन तर कुनै फिल्मले पनि उनलाई बलिउडमा टिकाउन सकेन। अनि लागिन टलिउड तिर। उनको हालसालै ‘साइज जीरो’ नामको तेलेगु फिल्म पनि रिलिज भएको छ।

यो पनि पढ्नुस्।

साउथकी चार्मीको चार्म (फोटो फिचर)

साउथका १० हट नायिका

बलिउडका ११ होचा नायक नायिका

बलिउडका ८ अग्ला सुन्दरीहरु (फोटो फिचर)