धेरै आत्महत्या गर्ने पेसामध्ये कलाकार पनि एक हो। बलिउड क्षेत्रमा नाम पनि छ, दाम पनि छ तर कहिलेकाहिँ यो क्षेत्र डरलाग्दो र उदासी पनि हुने गर्दछ। डिप्रेसन, अन्यौलता अनि आलोचना यी सबैले सताएपछि त मृत्यु भनेको सजिलो उपाय हुन पुग्दछ। त्यसमाथि करियर र प्रेम सम्बन्धले पनि यसमा महत्वपूर्ण भूमीका खेलेको हुन्छ।

यसरी नै बलिउडमा भएका १० रहस्यमय आत्महत्याको सूची यसप्रकार रहेका छन्-

१. जिया खान

jiah_khan_suicide_cover

बलिउडकी एक सुन्दर अभिनेत्री जसले आफ्नो पहिलो चलचित्र ‘निशब्द’ बाटै दर्शकहरूलाई निशब्द बनाएकी थिइन्। आफ्नो आमा र बहिनीको जुहु अपार्टमेन्टसँगै उनलाई झुण्डिएको देख्दा सबै दर्शकहरूको आँखा आँशुले भरिएको थियो। उनलाई डिप्रेसनले सताइरहेको पनि थियो र उनले पहिले नै आफूलाई सबैकुरामा असफल भएको बताउँथिन्।

२. दिब्या भारतीdivya_bharti_suicide

सन् १९९३ मा १९ वर्षको कलिलो उमेरमै दिब्या भारती आफ्नो करियरको चरम बिन्दुमा पुगिसकेकी थिइन्। तर पाँचौ तल्लामा रहेको आफ्नो कोठाको झ्यालबाट खसेपछि उनलाई मृतक अवस्थामा भेटिएको थियो। कसैले भन्छन् कि प्रेममा धोकाको कारणले उनले आत्महत्या गरेकी हुन् अनि कसैले भन्छन् कि ऊ अकस्मात झ्यालबाट खसेकी हुन्। तर यो अझै पनि रहस्यकै कुरा बनेको छ।

३. गुरू दत्तguru_dutt_suicide

बलिउडका पुराना अभिनेता गुरू दत्तलाई आफ्नै घरमा मृतक अवस्थामा फेला पारिएको थियो। उनको मृत्युको कारण भने स्लिपिङ्ग पिल्स र रक्सीको मिश्रण भएको खुलासा भएको थियो। उनकी श्रीमती गिता दत्तसँगको सम्बन्ध पनि खासै राम्रो थिएन र उनले प्रेम गर्ने अभिनेत्री ‘वहिदा रेहमन’ पनि उनीबाट टाढा भएकी थिइन्।

४. सिल्क स्मिथाsilk_smitha_suicideee

दक्षिणी भारतकी अभिनेत्री सिल्क स्मिथाले सिलिङको पङ्खामा झुण्डिएर आफ्नो प्राण त्यागेकी थिइन्। उनले एक चिट्ठी पनि छोडेकी थिइन् जसमा उनले आफूले बारम्बार असफलता पाउनाले नै आत्महत्या गरेको लेखेकी थिइन्।

५. विवेका बाबाजीviveka_babaji_suicide

कामाशुत्रको विज्ञापनबाट नाम कमाएकी मोडेलले सन् २०१०मा सिलिङ्को पङ्खामा झुण्डिएर आत्महत्या गरेकी थिइन्। असफलता र प्रेम सम्बन्धको कारण उनले आत्महत्या गरेकी हुन् भन्ने कुराको खुलासा पछि मात्रै भएको थियो।

६. कुलजित रन्धवाkuljeet_randhawa_sucide

चर्चित सुपरमोडेल र टिभी कलाकार कुलित रन्धवाले सिलिङ्गको पङ्खामा झुण्डिएर आत्महत्या गरेकी थिइन्। उनको अन्तिम चिट्ठीअनुसार जीवनको बारम्बार चाप र असफलताले गर्दा नै आफ्नो प्राण लिएको खुलेको थियो।

७. नफिसा जोसेफnasisa_joseph_suicide

पूर्व मिस इण्डिया र टिभी कलाकार नफिसा जोसेफले आफ्नै अपार्टमेन्टमा झुण्डिएर आत्महत्या गरेकी थिइन्। उनको आत्महत्याले सबैलाई चकित पारेको थियो किनभने उनको केही हप्तामा नै विवाह हुने वाला थियो। तर उनले विवाह गर्न लागेको पुरुषले आफ्नो पूर्वपत्नीसँग सम्बन्धबिच्छेद नगरेपनि गरेको भन्दै उनीसँग विवाह गर्न लागेको कुरा थाहा पाएर उनले आफ्नो प्राण लिएकी थिइन्।

८. पर्विन बबीparveen_babi_suicide

महाभारत, विष्णुपुराण जस्ता धार्मिक टेलिश्रृङ्खलामा अभिनय गरेर सबैको मन जित्न सफल भएकी बबीले सन् २००५ मा आफ्नै अपार्टमेन्टमा आत्महत्या गरेकी थिइन्। या भनौँ हप्तौँसम्म भोकै बसेर आफ्नो प्राण त्यागेकी थिइन्। यसको कारण भने रहस्यमै बिलाएर गयो।

९. मनमोहन देसाइmanmohan_desai_suicide

सन् १९९४ मा भारतीय चलचित्र क्षेत्रको निर्माता तथा निर्देशक मनमोहक देसाइले आफ्नो बाल्कुनीबाट हाम्फालेर आत्महत्या गरेका थिए। ‘अमर अकबर एन्थिनी’ र ‘धरम बीर’ जस्ता उत्कृष्ट चलचित्र दिन सफल यी निर्देशकको करियरको अन्तिम क्षणतिर असफलता र आलोचनाले घेरेपछि उनले यस्तो कदम उठाउन बाध्य भएका थिए।

१०. कुनाल सिंहkunal_singh_suiiceide

‘दिल हि दिल मेँ’ चलचित्रबाट चर्चित भएका कुनालले आफ्नै कोठाको सिलिङ्गको पङ्खामा झुण्डिएर आत्महत्या गरेका थिए। भोजपुरी तथा दक्षिणी चलचित्रमा राम्रै नाम कमाउन सफल भएपनि आफ्नो पत्नीसँगको सम्बन्ध र आफ्नो बालबच्चाहरूलाई हेर्न समेत नपाउने कारणले गर्दा नै उनले मृत्युको बाटो रोजेको कुरा खुलासा भएको थियो।