चलचित्रको क्षेत्रमा सेन्सर कानुनको कारण धेरै निर्माता र निर्देशकहरू आफ्नो चलचित्रमा अनावश्यक झमेला नहोस् भनेर सुरुबाटै सचेत बन्न थालेका छन्।
अब आउन लागेको ‘निखिल अदवानी’ले निर्माण गरेको र कङ्गना रनावत मूख्य पात्र भएको चलचित्र ‘कट्टि बट्टि’ को नाम सुरुमा अर्कै राखिएको थियो। सुरुमा यो चलचित्रको नाम ‘सालि कुत्तिया’ राखिएको थियो र पछि त्यसलाई परिवर्तन गरिएको हो- निखिलले भने।
‘सालि कुत्तिया’ नाम अति नै अनावश्यक रूपमा रफ थियो, चलचित्रमा प्रेम सम्बन्धमा भएको तलमाथि र त्यसलाई बिस्तारै समाधान गरेको दृश्य छ। मलाई त्यो नाम मन परेको थियो तर सबैको सहमतिमा त्यो नाम परिवर्तन गर्न पनि म राजि भएँ। कट्टि बट्टि नामले पनि चलचित्रको मूल आशय झल्काउँछ।-उनले भने।
यो पनि हेर्नुहोस्-
कङ्गना रनावतले भनिन्- ‘म टाइमपास रोमान्समा विश्वास गर्छु’