५ मंसिर, परासी ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको नयाँबेलहानी–७ कुसुण्डे जङ्गलमा गए राति नम्बर नखुलेको सवारी साधनको ठक्करबाट प्रसौनी–९ भिउरानकी ४५ वर्षकी मीठु कुमालको मृत्यु भएको छ ।

मृतकको शव परीक्षणको लागि चोरमारा स्वास्थ्य चौकीमा राखिएको र ठक्कर दिएको आशङ्कामा दुई बस नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।