एजेन्सी ।

भारतको राजधानी दिल्ली नजिकै पर्ने नोएडामा अनौठो घटना सार्वजनिक भएको छ । नोएडाको दादारी इलाकामा २ युवकमाथि बाख्राको बलात्कार गरेको अभियोग लागेको छ ।

२ युवकले बाख्रालाई बलात्कार गरेको देखेपछि गाउँलेहरुलाई उनीहरुलाई मरणासन्न हुनेगरी कुटेका थिए । तर पछि आफूलाई कुट्नेहरुलाई २ युवकले पुलिस चौकीमा पुर्‍याएको टाइम्स अफ इण्डियाले जनाएको छ ।

युवकहरुले भने आफूहरुलाई विनाकारण कुटपिट गरिएको भन्दै पुलिसमा उजुरी दिएपछि उनीहरुलाई हिरासतमा लिएको समाचारमा जनाइएको छ ।

तर पछि गाउँलेहरु बाख्रो लिएर पुलिस चौकी घेर्न आएपछि भने प्रहरीले युवकहरुलाई थुनेर गाउँलेलाई रिहा गरेको थियो ।