२१ साउन, काठमाडौं ।

९ वर्ष अघी प्रधानमन्त्री भएपछि साना साना कुराबाट विवादमा परेका पुष्पकमल दाहाल प्रचण्डले यस पटक प्रधानमन्त्री भएपछि शुरुदेखि नै सचेतना अपनाएका छन् ।

बालुवाटार छोडेको २ दिन पछि केपी ओलीको ट्वीट

त्यतिबेला बालुवाटार छिर्न नपाउँदै ‘महंगो पलङ विवाद’मा परेका प्रचण्डले यस पटक त्यस्तो विवादमा नआउन चाहेको देखिन्छ । प्रचण्ड पहिलो पटक प्रधानमन्त्री बन्दा महंगो पलङमा सुतेको र स्वीस घडी लगाएको भनेर आलोचनामा परेका थिए ।

PM Prachanda office 124040022

बालुवाटार जानु अघी प्रचण्डले त्यहाँ भएका पुराना सामानबाटै काम चलाउने निर्देशन दिएको लाजिम्पाट श्रोतले जानकारी दिएको छ । आत्यावश्यक बाहेक अन्य कुनै कुरा पनि नकिन्न समेत प्रचण्डले बालुवाटारका कर्मचारीलाई निर्देशन दिएका छन् ।

प्रचण्डलाई शुरुमै सफलताको संकेत

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा प्रयोग भएका कतिपय सामानहरु उनी बालुवाटारबाट बाहिरिएसँगै हराएपछि भने प्रचण्ड प्रवेश अघि त्याहाँका आधारभूत कुराहरु किन्नु पर्ने अवस्था रहेको बताइएको छ ।

ओली सरकारको निर्णय प्रचण्डले उल्ट्याए

लाजिम्पाटमा बस्दै आएका प्रचण्ड आज दिउँसो ४ बजे बालुवाटार सर्ने तयारीमा रहेको बताइएको छ ।

साउदी सरकारको निर्णयले नेपाली कामदार प्रभावित