५ फागुन, काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा डिल्लीबजार कारागारबाट बाहिरिँदै गर्दा आफू निर्दोष रहेको बताएका छन् ।

कारागाराम उपस्थित सञ्चारकर्मीहरुसँग छोटो प्रतिक्रिया दिँदै उनले भने, ‘म निर्दोष छु । कारागारमा रहँदा सबैले सहयोग गर्नुभयो । सबै सबैलाई धन्यवाद । अहिले म धेरै बोल्न चाहन्न । अरु कुरा केही दिनमा बोल्नेछु ।’

‘पूर्वआईजीपी रमेश चन्द ठकुरी, पूर्वडीआईजी रञ्जन कोइरालाले खादा लगाएर बिदाई गर्नुभयो,’ महराको भनाई उद्धृत गर्दै कारागार स्रोतले भन्यो, ‘भित्र कति कैदी बन्दी निर्दोष पनि हुनुहुँदो रहेछ । उहाँहरुका बारेमा म बाहिर गएर बोल्नेछु ।’

कारागारमा सँगै रहेका पूर्वआईजी रमेश चन्द ठकुरी र पूर्वडीआईजी रञ्जन कोइरालाले महरालाई बिदाई गरेका थिए ।