१९ वैशाख, एजेन्सी ।

प्रदर्शन मितिदेखि नै बाहुबली २ ले बक्स अफिसमा हरेक दिन हंगामा मच्चाइरहेको छ । एसएस राजमौली निर्देशित यस फिल्मले अकल्पनिय कमाई गरेको छ ।

बाहुबली करिब ९००० हलहरुमा रिलिज भएको छ । यसअघि अमिर खानको फिल्म दंगल करिब ६००० हलहरुमा मात्र रिलिज भएको थियो । सबैतिर हाउसफुल र टिकट अभावका कारण भारतका कतिपय दर्शकले अविश्वनिय रुपमै फिल्मको टिकट प्रतिव्यक्ति ३,५०० देखि ४००० सम्म किनेका खबर समेत भारतीय मिडियामा छन्।

तेलेगु भाषमा बनेको यो फिल्म हिन्दी, तमिल, मलायाम र अन्य भाषामा डविङ गरि प्रदर्शन भएकोमा सुरुको दिनमै १०० करोड भारु भन्दा बढि कमाई गरेको थियो । बहुभाषामा रिलिज गरिएको बाहुबली २ ले विश्वभरमा तिन दिन अर्थात शुक्रबारदेखि सोमबारसम्ममा जम्मा ५०६ करोड भारु आम्दानी गरेको छ ।