२२ वैशाख, एजेन्सी।
बहुचर्चित फिल्म बाहुबली र अमिर खानको फिल्म दंगल पुन प्रतिस्पर्धामा उत्रिने भएका छन् । विभिन्न रेकर्ड तोड्न सफल सुपरहिट फिल्म दंगल फेरि नयाँ रेकर्ड बनाउने तयारीमा छ । दंगल ५ मे देखि पुन रिलिज भएको छ ।
खबरका अनुसार फिल्म दंगल चीनका ९००० हलहरुमा भव्य रुपमा प्रदर्शन भइरहेको छ । यद्यपी बाहुबली भने विश्वव्यापी रुपमा पहिलो दिन ९००० स्क्रिनमा रिलिज भएको थियो । यसअघि पनि कयौं रेकर्ड बनाउन सफल फिल्म दंगल चीनमा मात्र नभई विश्वमै रिलिज हुने सबैभन्दा ठूलो पहिलो बलिउड फिल्म हो । यसकारण बलिउडको दोस्रो सुपरहिट फिल्म दंगलले अहिले चर्चामा रहेको बाहुबली २ संग कडा प्रतिस्पर्धा गर्ने देखिएको छ ।
यो पढ्नुस्: हप्ता दिन नपुग्दै ८५० करोड कमाएको बाहुबली-२ का कलाकारले कति पाए पारिश्रमिक ?
अझ रोचक कुरा त यो छ कि बाहुबली २ ले विश्वव्यापी रुपमा हालसम्म ७७० करोड भारु कमाएको छ भने दंगलले ७२३ करोड भारु कमाएको थियो । यस्तै दुवै फिल्मले सुरुदेखि नै आफ्नो १००० करोडको लक्ष्य राखेका छन् । फिल्मको बढि सफलता कसलाई मिल्छ भन्ने कुरा भने हेर्न बाकी नै छ ।
चीनमा अमिरको फिल्म दंगलको नाम बदलेर शुओईजियाओ बाबा राखिएको छ । अन्य कलाकारको तुलनामा चीनमा अमिरको क्रेज बढि छ ।