८ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीको सम्बोधनमा रहेका केही बुँदाले नागरिक स्पस्ट बन्न नसकेको बताएका छन् । शनिबार सामाजिक सञ्जाल ट्वीटरमार्फत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सम्बोधनमा कुन सेवा बन्द कुन सेवा खुल्ला भन्नेबारे नागरिकमा ठूलो अलमल रहेको बताएका हुन् ।

उनले प्रधानमन्त्रीको सम्बोधनलाई उपप्रधानमन्त्री ईश्वर पोखरेलले स्पस्ट पार्न अनुरोध गरेका छन् । साथै प्रत्येक दिन निश्चित समायमा सरकारको तर्फबाट एकैजनाले नागरिकलाई सूचना दिनसमेत नेता थापाको माग छ । उनले ट्वीटमा प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री पोखरेललाई मेन्सन गर्दै भनेका छन्ः–

शुक्रबार प्रधानमन्त्री ओलीले टेलिभिजन सम्बोधनमा कोरोना भाइरसको जोखिम रोमथाम तथा नियन्त्रणको लागि भन्दै विभिन्न सेवाहरु बन्द हुने बताएका छन् । उनले नेपाल राजपत्रमा प्रकाशित अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द हुने जनाएका थिए । यद्यपि सरकारी कार्यालयका कर्मचारीहरुलाई नियमित कार्यालय आउन समेत भनेका थिए ।