१२ असाेज, काठमाडाैं । सिंगापुरमा जारी त्रिकोणात्मक टि ट्वेन्टी क्रिकेटमा पहिलो खेल जिम्बावेसँग हारेको नेपालले दोस्रो खेलमा आयोजक सिंगापुरविरुद्ध सानदार जित दर्ता गरायो । जसमा नायक बने कप्तान पारस खड्का ।

४९ बलमा शतक पूरा गर्दै उनी १ सय ६ रनमा नटआउट रहे । यसरी कप्तानी पारी खेल्दै गर्दा पारसले नयाँ रेकर्ड बनाएका छन् । टि ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा पारसले यस्तो नयाँ इतिहास रचे जुन भारतका कप्तान बिराट कोहली, रोहित शर्मा ,अष्ट्रेलियाका स्टिभ स्मिथले पनि बनाउन सकेका छैनन् ।

पारस टि ट्वेन्टी क्रिकेटमा लक्ष्य पछ्याउने क्रममा शतक प्रहार गर्ने पहिलो कप्तान बनेका हुन् । टि ट्वेन्टीको पहिलो पारीमा ५ कप्तानले शतक हानिसकेका छन् । लक्ष्य पछ्याउने क्रममा शतक हान्ने चाहिँ पारस पहिलाे कप्तान बनेका अन्तराष्ट्रिय स‌ंचारमाध्यामले जनाएका छन् ।