मंसिर, एजेन्सी ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बेलायत भ्रमण धेरै अर्थमा तनावपूर्ण रह्यो । नेपाली देखि भारतकै विभिन्न समुदायले लण्डनमा उनी विरुद्ध प्रदर्शन गरे ।
नेपालीको प्रदर्शनपछि भारतीय प्रधानमन्त्रीको कार्यालयले त्यहाँ स्थित भारतीय आयु्क्तको अफिसमा नेपालीको प्रभावबारे जानकारी नै लियो । भारतकै दवावमा बेलायतले समेत भारतीय भाषा बोल्दै नेपालको संविधान अपूर्ण भन्यो ।
तर मोदीलाई नेपालीले मात्र होइन भारतकै कतिपय समुदायले समेत अति निकृष्ठ भाषामा गाली गरे । उनलाई आतंकबादी समेत भनियो ।
ब्रिटिश मिडियाले छोडेन मोदीलाई, पुर्व अछुत, प्रतिबन्धित व्यक्ति भन्दै छापिए समाचार
तामिल, शिख, काश्मिरी तथा गुजराती सहित नेपालीको समूहले मोदीलाई ‘मोदी गो होम’ ‘मोदी टेरोरिष्ट अर्थात मोदी आतंकबादी’ भन्ने जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरे ।

एक विश्लेषकले त मोदीलाई हिन्दु तालिबानको सज्ञा समेत दिएका छन् । द गार्डियनमा प्रकाशित उनको लेखमा मोदी र उनको अति हिन्दुबादी संगठनलाई तालिबानीसँग तुलना गरिएको छ ।
