२७ जेठ, एजेन्सी ।
२०१४ मा आफ्नै देशमा आयोजित विश्वकप फुटबलमा ब्राजिल जर्मनीसँग शर्मनाक ७–१ गोलको हार बेहोर्दै प्रतियोगिताबाट बिदा भएको थियो । फुटबल कल्चर अत्याधिक भएको ब्राजिलमा त्यो खेलपछि धेरैका आँखा रसाएका थिए ।
कोपा अमेरिका शुरु (खेल तालिका सहित)
अमेरिकामा जारी कोपा अमेरिकामा उसै ब्राजिलले ७–१ हैटीलाई ७–१ गोलले नै पराजित गरेको छ । आज बिहान भएको खेलमा ब्राजिलले यो नजिता निकाल्दा फिमिपे कौटिन्होले ह्याट्रिक गरे ।
पहिलो खेलमा ब्राजिल क्वेडररुसँग गोलरहित बराबरीमा रोकिएपछि आजको खेल जित्नैपर्ने दबाबमा थियो । कोटिन्होले १४ मिनेटमा गोलको खाता खोले भने ९० पछि थपिएको समयमा गोल गर्दै ह्याट्रिक गर्न पुगे । रेनाटो अगस्टोले ३५ औं ८६ औं मिनेटमा गोल गरे । ग्याब्रियलले ५९ र लुकास लिमाले ६७ औं मिनेटमा गोल गरे । प्रतियोगितामा नवप्रवेशीले हैटीका लागि मार्सेलिनले ७९ औं मिनेटमा गोल गरे ।
जितपछि ब्राजिल समूह बीमा चार अंसहित पहिलो नम्बरमा छ । दुई खेलमा एक खेल जित एक खेल बराबरी खेलेको पेरु ४ अंकसहित नै गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ । पेरुले आज बिहानै भएको खेलमा पेरु इक्वेडरसँग दुईदुई गोलको बराबरीमा रोकिएको थियो । दुवै खेलमा बराबरीपछि इक्वडेरको दुई अंक भएको छ । दुई खेल नै हारेको हैटी अंकविहीन छ ।