२१ जेठ, चितवन । भरतपुर महानगरपालिका १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध नेकपा एमालेले आज चितवनमा प्रदर्शन गरेको छ ।
भरतपुरको चौबीसकोठीबाट सुरु भएको विरोध प्रदर्शन नारायणको पुलचोक पुगेर कोणसभामा परिणत भएको थियो । कार्यक्रममा बोल्दै महानगर प्रमुख उमेद्बार देबी ज्ञवालीले सत्ताको प्रभावमा परेर आयोगले निर्णय गरेको भन्दै यसले गलत नजिर स्थापित गरेको बताए ।
उनले जनादेशको अपमान गर्नेलाई जनताले कारवाही गर्ने बताए । नेकपा एमालेका उपाध्यक्ष तेजेन्द्र खड्काले हार्ने निश्चित भएपछि माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेको भन्दै आयोगले मतदानको निर्णय लिनु दुर्भाग्य भएको उल्लेख गरे ।