१४ जेठ, काठमाडौं । देशभर ब्यग्र प्रतिक्षा रहेको चितवनको भरतपुर महानगरपालिकाको ताजा मतपरिणाम सार्वजनिक भएको छ । जसमा जितका लागि माअाेवादी केन्द्रकी प्रमुख पदकी उमेद्बार रेणु दाहालको सोचेजस्तो अग्रता देखिएको छैन ।
१९ नम्बर वडाको ६ सय मत गणना हुँदा रेणुले जम्मा २० मतको अग्रता लिएकी छिन् । रेणुले २ सय ४१ र देबीले २ सय २१ मत पाएका छन् । अब ५ हजार ५ सय ६२ मत गन्न बाँकी छ । मतान्तर ७ सय ८४ बाट ७ सय ६४ मा मात्रै झरेको छ ।
यहि अनुपातमा नतिजा आइरहे देबीको जित हुने अनुमान गरिएको छ । पछिल्लो नतिजा अनुसार देबीले ४१ हजार २ सय १ मत ल्याएका छन् भने रेणुले ४० हजार ४ सय ३७ मत प्राप्त गरेकी छिन् । मतगणना चलिरहेको छ ।