२८ जेठ, काठमाडौं ।

भारतले परमाणु हतियार आपुर्तिकर्ता समूह (NSG) को सदस्यता लिन गरेको प्रयासलाई चीनले रोक्ने तयारी गरेको छ । चीनले परमाणु हतियार आपुर्तिकर्ता समूह (NSG) को सदस्यता लिनु अघी भारतले परमाणु अप्रसार सन्धि (NPT) मा हस्ताक्षर गर्नु पर्ने चीनले राखेको हो ।

भारत र अमेरिकाको सन्देश- चीनको दादागिरी चल्दैन

चीनको चेतावनी -चीनलाई पन्छाएर भारतको भलो हुँदैन

यो संगठनमा फ्रान्सलाई कुनै हस्ताक्षर नगरी समावेश गराइको जिकिर भारतले गरिरहेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकाश स्वरुपले चीनले राखेको शर्त स्वीकार्य नभएको बताए ।

india china

यस अघि चीनले भारतले आणविकआपुर्तिकर्ता समूह (NSG) को सदस्यता लिनु अघी परमाणु अप्रसार सन्धि (NPT) मा हस्ताक्षर गरे मात्र सदस्यताका लागि समर्थन गर्ने शर्त रखेको थियो ।

मोदीले नेपालको नाम लिँदा अमेरिकी संसदमा ताली बज्यो (भिडियो सहित)

चीनको अपिलमा राष्ट्रसंघ सुरक्षापरिषदको बैठकमा यस विषयमा छलफल हुँदैछ । त्यसैगरी आणविक हतियार सम्बन्धि संगठनमा पनि यो कुरामा बहस हुँदैछ । चीन र पाकिस्तानले भने भारतको प्रयासलाई विफल पारिदिने संकेत दिएका छन् ।

उता अमेरिकाले भने भारतलाई मिसाइल टेक्नोलोजी कन्ट्रोल रिजिम (MTCR) को सदस्य बनाउन अमेरिका सहमत भएको छ । अमेरिकाले परमाणु आपूर्तिकर्ता समूह (NSG) मा भारतको दावेदारीलाई समर्थन गरेको छ ।

नेपालमा चीन विरोधी गतिविधि बढेको भन्दै चीन रुष्ट

चीन पनि यो समूहमा सदस्यता छैन । अमेरिकाको साथ लिएर चीनलाई साइड लगाउन खोजेपछि आक्रोशित भएको बेइजिङ अमेरिका र भारतले चीनलाई एक्ल्याउन खोजेको भन्दै चीन आक्रोशित भएको छ । चीनको सरकारी अखबारले विहीबारको अंकमा भारतप्रति कडा आक्रोश पोख्दै चीनलाई रोकेर भारतको भलो नहुने चेतावनी दिएको छ ।