८ चैत, नयाँ दिल्ली । एजेन्सी ।
भारतको संसद भवन परिसरमा आगलागी भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । संसद परिसरमा रहेको रिसेप्सन नजिकै भिषण आगलागी भएको बताइएको छ ।
संसद भवन परिसरमा आगोका लाप्का देखिएका दृष्य भारतीय सञ्चार माध्यमले प्रसारण गरेका छन् ।
यतिबेला आगो नियन्त्रणका लागि दमकल घटनास्थलमा पुगेका छन् । संसदभवन तर्फ जाने सबै बाटो बन्द गरिएको समेत समाचारमा उल्लेख छ ।
