५ चैत, काठमाडौं ।

नेकपा मालेका महासचिव सिपी मैनालीले छिमेकी मुलुक भारतबाट राष्ट्रियता र मधेशीवादी दलबाट प्रजातन्त्रमाथि निरन्तर प्रहार भइरहेको बताएका छन ।

रफत सञ्चार क्लवमा शनिबार भएको साक्षात्कार कार्यक्रममा बोल्दै नेता मैनालीले नेताहरुले राष्ट्र र यसको विशिष्ट इतिहासलाई ख्याल नगर्दा प्रजातन्त्र र राष्ट्रियतामाथि निरन्तर प्रहार भइरहेको बताए ।

cp-mainali-final

नेपालमा दलहरुको कमजोरीले गर्दा राष्ट्रियता गुम्दै जाने खतरा बढिरहेको बताउँदै उनले राष्ट्रियता इतिहासकै सबैभन्दा कमजोर भएको बताए । सबै राजनीतिक दलहरुले समिक्षा गरेर राष्ट्रियताका विषयमा छलफल गर्नुपर्नेमा जोड दिर्दै उनले नेपालमा एकीकरणदेखिनै वैदेशिक हस्तक्षेप भएपनि अहिले भने राष्ट्रियता इतिहासमै कमजोर बनेको स्पष्ट पारे ।

उनले निर्वाचन हुन नसकेका प्रदेशलाई थाती राखेर भएपनि स्थनीय तहको निर्वाचन तोकिएकै मितिमा गर्नुपर्नेमा जोड दिए ।