१८ मंसिर, एजेन्सी ।
नेपालमा माथि नाकाबन्दी गरेर खोल्ने संकेत दिने तर नखोल्ने गरेर ढाँटिरहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालीलाई मात्र नभएर भारतलाई नै झुक्याएको खुलासा भएको छ ।
आइएसले गर्यो भारत विरुद्ध युद्धको घोषणा, मोदीलाई तह लगाउने चेतावनी
प्रधानमन्त्री मोदीले बाढीग्रस्त तामिलनाडुको हवाइ अवलोकन गरेको भन्दै एक सरकारी सञ्चार माध्यमले प्रकाशित गरेका तस्विर नै फोटोशप गरिएका र झुटा रहेको खुलासा भएपछि भारतीय मिडियामा हंगामा भएको हो ।

मोदीले बाढीग्रस्त क्षेत्रको हवाइ अवलोकन गरेको दावी सहित सरकारी सञ्चार माध्यम द प्रेस इन्फर्मेसन ब्यूरोले उक्त मोदीले विमानबाट बाढीग्रस्त क्षेत्र अवलोकन गरेको जस्तो देखिने तस्विर प्रकाशित गरेको थियो ।

तर त्यो तस्विर केही समय पछि डिलिट गरेर हटाइयो भने सामाजिक सञ्जालमा उक्त समाचारको ब्यापक आलोचना भयो ।

अहिले पनि ती तस्विर सामाजिक सञ्जाल भाइरल बनेका छन् ।
