७ पुस, एजेन्सी । भारतका राष्ट्रपति प्रणव मुखर्जीको तिब्बती धर्म गुरु दलाई लामासंग हालैभएको भेटवार्तालाई लिएर चीनले कडा प्रतिक्रिया दिएको छ । 
चीनले भारतको शक्तिप्रति प्रश्न गर्दै भनेको छ – ‘चीनको विरुद्ध केही गर्नुअघि अमेरिकाले त १० पटक सोच्नु पर्छ भने भारत के हो र ?’ चीनियाँ पत्रिका ग्लोवल टाइम्समा भारतलाई ‘विग्रेको बच्चा’ को संज्ञा दिदैं भारतको महान देश बन्ने क्षमता भए पनि उसको भिजन दुरदर्शि नभएको उल्लेख गरेको छ ।
यो पढ्नुस्: अमेरिकी सहयोग युक्रेनलाई घाँडो
चीनले भारतलाई मंगोलियाको उदाहरण दिएर सम्झाउन खोजेको छ । मंगोलियाले यसै वर्ष दलाई लामालाई आफ्नो देश भ्रमण गराएको थियो । चीनको चेतावनीपछि उसले दोहोर्याएर यस्तो गल्ती नगर्ने प्रतिवद्धता जनाएको थियो ।
दलाई लामाले डिसेम्वरको पहिलो साता राष्ट्रपति मुखर्जीलाई भेटेका थिए । नोवेल पुरस्कार विजेता कैलास सत्यार्थीको ‘चिल्ड्रेन्स फाउन्डेशन’ को कार्यक्रममा भाग लिन दलाई लामा राष्ट्रपति भवन गएका थिए । चीनले यसको विरोध गर्दा भारतले सुनेन । ‘दलाई लामा एक सम्मानित नेता हुन् र यो भेट पनि गैरराजनीतक हो’ भारतले भनेको थियो ।