काठमाडौं, ६ बैशाख । भारतीय क्रिकेट वोर्ड(बीसीसीआई) ले विश्वकप क्रिकेटको दौरान खेलाडीहरुका लागि परि श्रीमती वा गर्लफ्रेण्ड लैजान पाउने व्यवस्था गरेको छ ।

वाग्स WAGS (wives and girlfriends) यात्रा नीतिु लाई अन्तिम रुप दिँदै बिसिसिआईले यस्तो व्यवस्था गरेको हो । तर डेढ महिना चल्ने विश्वकपका दौरान बढीमा १५ दिन मात्रै खेलाडीले
पत्नी वा गर्लफ्रेण्ड सँग बिताउन पाउने शर्त राखेको छ ।

प्रतियोगिताका लागि भारतीय टिम बेलायत गएको शुरुका २० दिनसम्म खेलाडीले पत्नी वा गर्लफ्रेण्ड सँगै राख्न पाउँदैनन् । त्यसपछि प्रतियोगिताका दौरान संभव भएसम्म बढीमा १५ दिनका लागि उनीहरुसँग बस्ने व्यवस्था गरिने इण्डिया टुडेले लेखेको छ ।

यसअघि भारतीय कप्तान बिराट कोहलीले बीसीसीआईसँग विश्वकपका दौरान जुनसुकै समयमा खेलाडीले आफ्नी पत्नी वा गर्लफ्रेण्ड सँगै राख्न अनुमति दिनुपर्ने माग गरेका थिए । भारतीय टिम मे २२ मा बेलायत प्रस्थान गर्नेछ । विश्वकप क्रिकेट मे ३० देखि जुलाई १४ सम्म इङ्ल्याण्ड र वेल्समा हुनेछ ।