२८ साउन, एजेन्सी । भारतीय क्रिकेट टिमका प्रशिक्षकको घोषणा यसै हप्तको अन्त्य वा अर्को हप्ताको सुरुमै हुने भएको छ ।

कपिल देव नेतृत्वको तीन सदस्यीय एड्भाइजरी काउन्सिलले ६ जना प्रशिक्षकको प्रारम्भिक सूची छनौट गरेको छ । जसमा इङ्ल्याण्डका पूर्व कोच माइक हेसन, अष्ट्रेलियाको पूर्व अलराउण्डर टम मुडी, टिम इण्डियाकै पूर्व म्यानेजर लालचन्द राजपुत र टिम इण्डियाकै पूर्व फिल्डिङ कोच रबिन सिंह सहभागी छन् ।

वेष्टइण्डिजका पूर्व ओपनर फिल सिमन्स र वर्तमानन कोच रवि शास्त्री पनि ६ जनाको सूचीमा परेका छन् । शास्त्री अहिले भारतीय टिमका साथ वेष्टइण्डिजमा छन् । क्रिकेट एड्भाइजरी काउन्सिलले सबै ६ उम्मेदवारको शुक्रबार अन्तरवार्ता लिनेछ । वेष्टइण्डिजमा रहेका कारण रवि शास्त्रीले भने स्काइपबाटै अन्तरवार्ता दिनेछन् ।