काठमाडौं ।

यतिबेला एमाओवादी अध्यक्ष प्रचण्ड भारतमा छन् । प्रचण्डले मधेशी तथा जनजातीमा आधारित पार्टीले माग गरे जस्तो संघीयताको सीमाङ्कन टुङ्ग्यार मात्र संविधान जारी गर्ने विषयमा भारतको सुझाव प्राप्त भएको खुलासा गरिसकेका छन् । त्यति मात्र होइन एक राजनेताको शैलीमा सरकारले औपचारिकरुपमा उठाउन बाँकी रहेको भारत र चीनबीच भएको भनिएको लिपुलेक सम्झौताका विषयमा समेत प्रचण्डले भारतीय प्रधानमन्त्री सँग खुलेर कुरा उठाएका छन् ।

उनी ५ दिने भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री देखि राष्ट्रपति र विपक्षी दलका नेता सम्मलाई भेटेर भारतीय प्रधानमन्त्रीको गृहनगरी गुजरात पुगेका छन् । नेपालबाट जाने समयमा नै गुजरातमा भूकम्पपछिको पुनःनिर्माणको अवलोकन गरेर नेपालमा पनि लागु गर्ने बताएका थिए ।

Prachanda sita modi india visit

भारतमा प्रचण्डले राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुष्मा स्वराजसहित सत्ता पक्ष र प्रतिपक्षमा रहेका दलका सबैजसो प्रमुख नेताहरुसँग भेटवार्ता गरिसकेका प्रचण्ड नेपाल फर्किँदा यहाँको राजनीतिक कोर्समा समेत ठूलो प्रभाव पर्ने धेरैको आँकलन छ ।


Prachanda on Indian Media 3
Prachanda on Indian Media 5

यसरी हेडलाइन बनिरहेका छन् प्रचण्ड भारतीय मिडियामाः प्रधानमन्त्री समेत बने

यस पटक भारत जाँदा प्रचण्डले सामान्य भन्दा बढी नै महत्व पाएका छन् । विपक्षी नेताको हैसियतमा भारत गएका उनलाई सत्तारुढ प्रधानमन्त्रीलाई जति नै महत्व दिइएको देखिन्छ । विपक्षी दलका नेता भएपनि उनले प्रधानमन्त्रीकोरुपमा भेट्नु पर्ने सबै नेतालाई भेटेका छन् ।

Prachanda on Indian Media 1

नेपालमा संविधान जारी हुने पूर्वसन्ध्यामा जिल्ला जिल्लामा संविधानको मस्यौदामाथि छलफल भैरहेको समयमा भारत गएका प्रचण्डलाई नेपाली मिडियाले त विभिन्न ढंगले प्रस्तुत गरेका छन् नै भारतीय मिडियामा पनि प्रचण्ड विभिन्न ढंगले हेडलाइन बनिरहेका छन् । कतिपय मिडियाले त प्रचण्डलाई नेपालका प्रधानमन्त्री भनेर समेत चिनाएका छन् ।

Prachanda on Indian Media 7

प्रचण्डलाई प्रधानमन्त्री भन्दै बनाइएको हेडलाइन 

Prachanda on Indian Media 8

आउटलुक नामक अखबारले आफ्नो अनलाइन संस्करणमा प्रचण्डलाई नेपालको प्रधानमन्त्रीकोरुपमा चिनाएर हेडलाइन समाचार बनाएको छ । प्रचण्डलाई नेपाली माओवादीका नेता तथा प्रधानमन्त्री भन्दै उक्त अखबारले प्रचण्डले संविधान निर्माणमा जोड दिँदै भारतीय सहित संसारभरीका माओवादीहरुलाई हतियार विसाएर मुलधारमा आउन सन्देश दिएको भनेको छ ।

Prachanda on Indian Media

जनता दल युनाइटेडका नेता शरद यादवसँग विहीबार भएको भेटमा प्रचण्डले यस्तो सन्देश दिएको उक्त अखबारले लेखेको छ ।

प्रचण्डले भारत चीन सम्झौताको विरोध गरेको पनि हेडलाइन

भारतमा रहँदा यस पटक प्रचण्डले गरेको सबैभन्दा साहसिक काम भनेको नेपालमा तीव्र विरोध भैरहेको भारत र चीनबीचको लिपुलेक सम्झौताको विषयमा भारतीय प्रधानमन्त्रीसँग कुरा उठाउनु हो । त्यको कुरा नेपालका मिडियामा त हेडलाइन बन्यो बन्यो भारतमा समेत चर्कोसँग उठेको छ ।

Prachanda on Indian Media 2

एनडीटीभीले प्रचण्डले लिपुलेक सम्झौताको विरोध गरेको कुरालाई हेडलाइन बनाएको छ । प्रचण्डले दिल्लीमा लिपुलेक र अन्य ठाउँमा रहेका सीमा विवाद दिर्घकालिन रुपमा समाधान गर्न तयार रहेको पहिला नै भनिसकेकोले लिपुलेकको नामै नलिई त्यसमा मोदी प्रतिबद्ध रहेको बताएका थिए ।

दि क्वीन्टको अनलाइन संस्करणले भने प्रचण्डमाथि आक्रमक फिचर प्रकाशित गरेको छ । प्रचण्डले प्रधानमन्त्री बनेपछि भारत नभएर चीन भ्रमण पहिले गरेको प्रसंग कोट्याउँदै क्वीन्टले सन् २००८ सम्म भारतलाई विस्तारबादी भन्ने प्रचण्डले भूकम्पको समयमा नेपाललाई भारतले गरेको सहयोगप्रति पनि आपत्ति जनाएको लेखेको छ । प्रचण्डको भारत भ्रमण महत्वपूर्ण रहेको र अन्य नेपाली मन्त्रीहरु समेत भारत आउने क्वीन्टको समाचार संस्करणमा उल्लेख छ ।

Prachanda on Indian Media 4

प्रचण्डले बेइजिङमा गएर बोलेका कुरा दिल्लीलाई मन नपरेको भनिएको उक्त फिचरमा चीनलाई साफ्टामा समावेश गर्ने प्रचण्डको प्रस्तावप्रति पनि शंका ब्यक्त गरिएको छ । प्रचण्डले भूकम्पको समयमा भारतीय सुरक्षाकर्मीहरुले नेपालको नियन्त्रण भन्दा बाहिर गएर काम गरिरहेकोमा आफत्ति जनाउँदै मोहन बैद्य र नारायणमान विजुक्छेलाई साथ दिएको समेत यो समाचारमा उल्लेख गरिएको छ ।

Prachanda on Indian Media 9

यो समाचार अनलाइनका अनुसार नेपालका नेताहरु अव पालैपालो भारत जाने छन् । यसरी भारत जाने तयार रहेकामा शेरबहादुर देउवा, माधव नेपाल, रामचन्द्र पौडेल मात्र नभएर केपी शर्मा ओली समेत छन् ।