९ फागुन, एजेन्सी । २४ फेब्रुअरीमा भारत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ठूला झट्का लागेको छ । बिहीबार उनका नजिकका मित्र एवं सल्लाहकार रोजन स्टोनलाई ४० महिनाको जेलसजाय भएको छ । त्यहाँको एक अदालतले २०१६ मा भएको चुनावमा चलखेल गरेको ठहर गर्दै ४० महिनाको जेल सजायँ तोकेको हो ।

आफ्ना सल्लाहकार जेल परेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले अदालतले राजनीतिक फैसला गरेको आरोप लगाएका छन् । साथै उनले आफ्ना साथीलाई फसाउने कोसिस भएको समेत उल्लेख गरेका छन् । २०१६ मा भएको राष्ट्रपति चुनावको विषयमा उनीामाथि विभिन्न प्रश्नहरु सोधिएको थियो । त्यसपछि एक रिपोर्ट तयार पारिएको थियो ।

सोही रिपोर्टका आधारमा सल्लाहकार रोजर स्टोलनई सजाय सुनाइएको हो । उनीमाथि अमेरिकी कांग्रेस (सदन)मा सातपटक सम्म झुट बोलेको, देशलाई गुमराहमा राखेको र अनुसन्धानमा अवरोध गरेको आरोप लागेको छ । अदालतले ४० महिनाको कैदको साथमा दुई महिनाको प्रोबेशन र २० हजार डलर जरिवाना तोकेको छ ।

रोबर्ट मुलरको अनुसन्धान रिपोर्टमा २०१६ को चुनावमा रिपब्लिकन पार्टी र रुससँगको सम्बन्धको बारेमा प्रश्न उठाएको थियो । रोजन स्टोनले सबैकुरा थाहा पाए पनि मानिसलाई भ्रममा राखेको अदालतले आफ्नो फैसलामा लेखेको छ ।