१२ फागुन, काठमाडौं । पहिलो पटक भारतको औपचारिक भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भब्य स्वागत गरिएको छ ।
अहमदावादको मोटेरा स्टेडियममा एक लाख २५ हजार भारतीय नागरिकको उपस्थितीमा नमस्ते ट्रम्प कार्यक्रम आयोजना गरियो । जहाँ अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीले एक अर्काको प्रशंसामा समय खर्चिए । ट्रम्पले आफ्नो मन्तब्यका क्रममा पाकिस्तानलाई पनि छोएका छन् ।

‘कुनै पनि देशलाई आफ्नो सीमाको सुरक्षा गर्ने अधिकार हुन्छ । अमेरिक र भारतले आतंकवाद नियन्त्रणका लागि मिलेर अघि बढ्ने भनेका छौं, ट्रम्पले भने, हामी पाकिस्तानसँग पनि सकारात्मक तरिकाबाट काम गर्न खोजिरहेका छौं ताकि पाकिस्तानी सीमा क्षेत्रमा सक्रिय आतंकवादी संगठनलाई नष्ट गर्न सकियोस् ।’
उनले पाकिस्तानसँग आफूहरुको सम्बन्ध निकै राम्रो भएको पनि बताए । यस आधारमा हामी पाकिस्तानसँग सहि दिशामा अघि बढिरहेका छौं । हामी आशा गर्छाैं यसले दक्षिण एशियामा तनाव कम हुनेछ र दक्षिण एशियाका अरु देशमा शान्ति छाउनेछ । ट्रम्पले भनेका छन् ।