३ असोज, एजेन्सी ।

भारत प्रशासित कश्मिरमा भएको आक्रमणमा परी १७ भारतीय सेनाको ज्यान गएपछि भारत र पाकिस्तानबीच पुनः एक पटक युद्धको भाषा शुरु भएको छ । पाकिस्तानको हात रहेको भन्ने भारतीय दावी रहेको उक्त आक्रमणपछि दुई देशका मिडियामा युद्धका आंकलन चलिरहेका छन् । भारतीय सेनाले आक्रमणकारीहरुसँग पाकिस्तानी हतियार रहेको र उनीहरुले पाकिस्तानमै तालिम लिएको दावी गरेको छ ।

प्रचण्डले बोलाए सर्वदलीय बैठक, यसकारण एमाले नजाने सम्भावना

कतिपय भारतीय मिडियाले पाकिस्तानलाई विश्वको नक्शाबाट नामेट पार्न भारतले कदम चाल्न सक्ने दावी समेत गरेका छन् । अव पाकिस्तानलाई जवाफ दिने समय आएको भन्दै भारतीय मिडियामा भारतले अव चाल्ने कदमबारे समेत चर्चा शुरु भएको छ ।

India vs Pakistan War

भारतीय मिडिया अनुसार पाकिस्तानको गुप्तचर आइएसआइ र पाकिस्तानी सेना मौकाको फाइदा उठाउँदै आतंकबादीहरुलाई भारतीय सीमा सम्म पठाउँछन् । भारतले यी आतंकबादीहरुले तालिम लिने शिविरहरुमा आक्रमण गर्न सक्ने सम्भावना रहेको पनि मिडियाको अनुमान छ ।

२ पक्षको आफ्नै तयारी, राजधानीमा भिडन्तको सम्भावना !

यद्यपी भारतीय सेनाका पूर्व अधिकारीहरुले भने तत्काल युद्धको सम्भावना नकारेका छन् । पूर्व भारतीय बायु सेनाका एयर भाइस मार्शल कपिल काकले कश्मिरको उरीमा भएको आक्रमणपछि भारत र पाकिस्तानबाट आक्रमक बयान आएपनि युद्ध भैहाल्ने सम्भावना नरहेको बताउँछन् । भारत र पाकिस्तानबीच युद्धको संघारमा पुगेर सम्बन्ध सकारात्मक दिशामा जाने गरेको उदाहरण दिँदै उनले अहिले पनि युद्धको सम्भावना नरहेको बताएका हुन् ।

सन् २००१ मा पनि पाकिस्तान र भारत युद्धको संघारमा पुगेका थिए । आइतबार उरी आक्रमणमा पाकिस्तानको हात रहेको आरोप भारती पक्षले लगाएपछि पाकिस्तानले भारतलाई परमाणु हमला गर्ने धम्की दिएको छ।

पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिमले एउटा टेलिभिजन अन्तरवार्तामा आफ्नो देशले भारतमा परमाणु हमला गर्न सक्ने चेतावनी दिएपछि भारतमा हंगामा भएको छ ।

‘भारत पाकिस्तानको अस्तित्वमाथि आक्रमण गर्छ भने भारतले त्यसको नतिजा भोग्नु पर्नेछ,’ चेतावनीको भाषामा ख्वाजाले भने । उरी आक्रमणपछि भारतीय गृहमन्त्री राजनाथ सिंहले पाकिस्तान आतंकबादी देश भएको टिप्पणी गरेका थिए ।