जति प्रविधिमा अगाडी हुदै छ, संसारमा त्यति नै अनौठा अनि रमाइला आविष्कार हुदैछन्। ठुलो भद्धा अनि ब्याल्क एण्ड ह्वाइट टिभी हुदै उत्कृष्ट पिक्चर क्वालिटी अनि पातला तर आकर्षक टिभीसम्म आइपुग्दा एलजीले अर्को अनौठो आविष्कार बजारमा ल्याएको छ।
टिभी, त्यो पनि भित्तामा टाँस्न मिल्ने। एलजीले बनाएको यो ५५ इन्चको टिभी चुम्बक प्रयोग गरेर भित्तामा टाँस्न नै मिल्छ। जम्मा १ मिलिमिटर मात्र मोटो छ यो अनि १.९ केजी मात्र तौल।
यो ‘वालपेपर टिभी’ चुम्बक वा टाँस्ने प्याड प्रयोग गरेर भित्तामा टाँस्न मिल्छ अनि चाहेको बेला सजिलै झिक्न पनि सकिन्छ।बङ्ग्याउन पनि सजिलै सकिन्छ यसलाइ। ओलेड स्क्रिन सहितको यो टिभी ५५ इन्च, ६६ इन्च अनि ७७ इन्चमा लञ्च गरिएको छ।
ओलेड (OLED -Organic Light Emitting Diode) विशेष खालको डायोड हो। विशेष खालका जैवीक पदार्थहरु बाट बनाइने ओलेड प्यानलले विधुतको उपस्थितिमा प्रकाश पैदा गर्छ। एलसीडी (LCD) लाइ जस्तो यसलाइ ब्याकलाइट चाहिदैन त्यसैले ओलेड प्यानल एलसीडी भन्दा पातलो बनाउन सकिन्छ साथै यसमा रंगहरु चहकिलो अनि अझ प्रस्ट देखिन्छ।