मंगलग्रहमा खोजीको लागि नाशाले पठाएको ‘क्युरीयोसिटी रोबर’ ले पठाएको एउटा तस्बिरको निकै चर्चा हुदैछ। नाशाले सार्वजनिक गरेको यो तस्बिर मंगल ग्रहको सतहको हो। यो तस्बिरमा एक महिला उभिरहेको जस्तो आकृति देखिएको छ। पृथ्वी बाहेक अन्य ग्रहमा पनि जीवन छ की भनी अध्ययन गरिरहेका जानकारहरु यो तस्बिरमा देखिएको आकृति कुनै महिलाकै भएको बताउँछन्।woman on mars (1)

मंगल ग्रहमा अहिलेसम्म कुनै जीवन फेलापरेको जानकारी भने छैन । पानी तरल अवस्थामा पनि अहिलेसम्म भेटिएको छैन। मंगल ग्रहको उत्तरि ध्रुवमामात्र बरफ देखिने गरेको छ। पानी नभेटिएसम्म जीवनको सम्भावना पनि न्युन हुन्छ।

Curiosity Rover Arm Camera

मंगलमा खोजी कार्यको लागि सन् २०११ नोभेम्बर २६ मा ‘केप क्यानाभेरल’बाट क्युरीयोसिटी लञ्च गरिएको थियो। यो सन् २०१२ अगस्ट ६ मा मंगल ग्रहको सतहमा सफल अवतरण भएको थियो।

यो रोबरलाई मंगलग्रहको मौसम, भुगोल र सुक्ष्म जीवहरुको अस्तित्वको यथार्थ पत्ता लगाउन नाशाले पठाएको थियो।

ब्रह्माण्डमा हामी मात्र छैनौ, अन्य ग्रहमा पनि जीवन छ की भनी विभिन्न खोज भइरहेका छन्। नाशाले अर्बौ डलर लगानी गरी विभिन्न प्रोजेक्ट गर्ने गर्छ। तर अझैसम्म पनि अन्य ग्रहमा एलियन जीवन भेटिएको छैन। विभिन्न ठाउँमा एलियन, अनि अनौठा उडनतस्तरी देखिएको घटना नभएको पनि हैन। तर त्यसरी सार्वजनिक हुने तस्बिर तथा भिडियोले एलियन जीवनको कुनै ठोस प्रमाण भने दिनसकेको छैन।

woman on mars (2)

नाशाले यो तस्बिरमा मानिसकै आकृति देखिएको हो भनेर बताएको छैन्। हामीले कुनै तस्बिर हेर्दा ‘देखेकै आकृति’ जस्तो देखिने भ्रमले पनि यस तस्बिरमा महिलाको आकृति देखिन गएको हुन सक्छ। तस्बिरलाई ‘मंगलमा महिला’ भन्दै सामाजिक सञ्जालमा अत्याधिक सेयर गरिएको छ।

यो पनि पढ्नुहोस।

नाशाले भेट्यो नयाँ पृृथ्वी, जीवनको सम्भावना हुन सक्ने

कता गए ती हराएका जहाजहरू?