मंगल ग्रहको जमिन सुख्खा अनि जीवन विहिन हुनुको कारण बारे नाशाले नयाँ तथ्य फेलापारेको छ। कुनै बेला पृथ्वी जस्तै ओसिलो अनि जीवन रहेको मंगलग्रहको पानी र वायुमण्डललाई सुर्यले नै ध्वस्त बनाएको अपेक्षित घोषणा नाशाका खोजकर्ताहरुले गरेका हुन।
सौर्य बतासको कारण मंगलग्रहको वातावरण क्षयको प्रक्रिया अहिले पनि जारी रहेको बताइएको छ।
यो नयाँ तथ्यले मंगल ग्रहको इतिहास, विकास र मंगल ग्रहमा सम्भावित जीवनको बारे नयाँ खोजको लागि सहज हुने वैज्ञानिकहरुले बताएका छन्।

सौर्य बतास र मंगल ग्रह: यसरी भएको थियो भनि बनाइएको तस्बिर
मंगल ग्रहको वायुमण्डल पृथ्वीको भन्दा १०० गुणा पातलो छ। त्यहाँको वायुमण्डल मुख्यत: कार्वनडाइअक्साइडले बनेको छ।
तथापी, करिब ४.२ विलियन वर्ष पहिले, अहिलेको रातो ग्रहको वायुमण्डल निकै वाक्लो थियो, जसमा पर्याप्त ओस र न्यानोपन थियो, पृथ्वीको जस्तै।
तर यसको सुरक्षात्मक चुम्बकीय क्षेत्रमा केही गडबडी आयो। जसको कारण त्यहाँका समुन्द्र सुके अनि जीवन विहिन सुख्खा ग्रहमा परिणत हुन पुग्यो।
चुम्बकिय क्षेत्रमा भएको परिवर्तनले गर्दा सौर्य बतासले त्यहाँको वायुमण्डलनै क्षय गर्न पुग्यो।

मंगल ग्रह र पृथ्वीको वातावरण तुलना गर्न कलाकारले बनाएको तस्बिर
सौर्य बतासको तापक्रम लाख डिग्रीसेन्टीग्रेड भन्दा उच्च हुन्छ जसलाई सुर्यको गुरुत्वबलले समेत नियन्त्रण गर्न सक्दैन। जुन सुर्यबाट सबै दिशामा करिब ८०० किलोमिटर प्रतिसेकेन्डको गतिमा बाहिरिन्छ।
सौर्य बतासबाट निस्कने चार्ज भएका परमाणुहरु सौर्य प्रणालीको सबै ग्रहसम्म पुग्ने गर्छन्।

पृथ्वी र मंगल ग्रह कस्तो देखिन्छ?
अहिलेको मंगल ग्रह र सुर्यको दुरी हेर्दा मंगल ग्रह पृथ्वी भन्दा निकै चिसो रहेको बताउन सकिन्छ। मंगल ग्रहको औसत तापक्रम -६० डिग्री सेन्टीग्रेड छ। चिसो मौसममा ध्रुवहरुमा भने तापक्रम -१२५ डिग्री सेन्टीग्रेडसम्म घट्ने गर्दछ।
यो खोज ‘म्याभन’ नामक एक प्रोब स्याटलाइटले गरेको हो। मंगल ग्रहमा के भएको थियो पत्ता लगाउन यो स्याटेलाइट मंगल ग्रहको वरिपरि घुमिरहेको छ।
म्याभनले सौर्य बतासको कारण मंगल ग्रहको वायुमण्डलमा कसरी कमी आउँदै भन्ने जानकारी पठाइरहेको नाशाले बताएको छ।
सौर्य बतास आएको बखत मंगल ग्रहको वायुमण्डल निकै तीब्र रुपमा क्षय भइरहेको म्याभनले पत्ता लगाएको हो।
‘मंगल ग्रहको वातावरण बाक्लो हुने गर्दथ्यो, जसमा न्यानोपन र पर्याप्त पानी थियो। जुन जीवनको लागि मुख्य आवश्यकता पनि हो।’, अन्तरिक्षयात्री तथा नाशाका सहायक प्रसाशक जपन ग्रन्सफेल्डले बताए।

माइकल मेयर, मार्स एक्सप्लोरेसन प्रोग्राम का मुख्य वैज्ञानिक र ब्रुस जाकोस्की: ‘मार्स एटमस्फियर एण्ड भोलाटाइल इभोलुसन (म्याभेन)’ का प्रमुख खोजकर्ता वासिङ्टम स्थित नाशाको मुख्यालयमा नयाँ तथ्यबारे छलफल गर्दै
म्यामेनको मापन अनुसार मंगल ग्रहको ग्याँस सौर्य बतासको कारण १०० ग्राम प्रतिसेकन्डको दरले निरन्तर क्षय हुदैँछ।
के पृथ्वीले पनि यस्तै अवस्था भोग्ला?
पृथ्वी अहिलेसम्म आफ्नो चुम्बकिय ढाल ‘म्याग्नेटोस्फेयर’को कारण सौर्य बतासबाट सुरक्षित रहदै आएको छ।

मंगल ग्रह र पृथ्वी: तस्बिरमा पृथ्वीको चुम्बकिए क्षेत्र कस्तो छ र सौर्य बतासलाई कसरी रोक्न सक्छ भन्ने देखाइएको छ।
यो सुरक्षात्मक क्षेत्र पृथ्वीबाट अन्तरिक्षमा हजारौं किलोमिटर पर सम्म फैलिएको छ। यो चुम्बकिय क्षेत्रले विश्वव्यापी सञ्चार देखि वन्यजन्तु तथा चराचुरुङ्कीको बसाइँसराइमा समेत प्रमुख प्रभाव पार्दै आएको छ।
तर यो चुम्बकिय क्षेत्र, जुन पृथ्वीमा जीवनको लागि अत्यावश्यक छ, पछिल्लो २०० वर्षमा १५ प्रतिशतले कमजोर भएको वैज्ञानिकरु बताएका छन्। वैज्ञानिकहरुले यसलाई ध्रुव परिवर्तन हुने संकेत भएको दाबी समेत गरेका छन्।
ध्रुव परिवर्तन हुने निश्चित भएपनि वैज्ञानिहरु कहिले हुनेमा भने निश्चित छैनन्। यदी यसरी ध्रुव ‘स्वीच’ भएमा, पृथ्वीको ओजोन सतहमा प्वाल पर्ने गरि सौर्य बतासको असर देखापर्नेछ।
साथै यसरी नै चुम्बकिय क्षेत्रको शक्ति घट्दै गएमा लाखौँ वर्ष पछि पृथ्वी पनि मंगल ग्रह झै पानी र जीवन विहिन हुनेछ।
मंगल ग्रहमा यसरी नै वायुमण्डल पातलो हुँदै जाने क्रम जारी रहे केही करोड वर्ष पछि मंगलग्रहको वायुमण्डल नै हराएर जानेछ।
सन् २०१५ कै मार्च महिनामा पनि मंगल ग्रहलाई सौर्य बतासले हिर्काएको थियो। सो बखत वायुमण्डल क्षयहुने प्रक्रिया निकै तेजीले भएको म्याभनले पत्ता लगाएको थियो।
यसरी वायुमण्डलका ग्याँस अन्तरिक्षमा जाने क्रमले मंगल ग्रहको वायुमण्डललाई नकारात्मक प्रभाव पारिरहेको छ।
सौर्त बतास चार्ज परमाणुहरुको प्रवाह हो, मुख्यत: प्रोटोन, इलेक्ट्रोन सुर्यको वायुमण्डलबाट लाखौ किलोमिटर प्रतिघण्टाको गतिमा प्रवाह हुने गर्छ। सौर्य बतासको चुम्बकिय क्षेत्रको कारणले जब यो मंगल ग्रह हुदै पार गर्छ तब विद्युतिय क्षेत्र उत्पन्न गराउँछ, टर्वाइनले विद्युत उत्पन्न गराएझैँ।
यो विद्युतिय क्षेत्रले चार्ज युक्त ग्याँसका परमाणु जसलाई ‘आयोन’ भनिन्छ, मंगल ग्रहको माथिल्लो वायुमण्डलबाट अन्तरिक्षमा पठाइदिन्छ। म्याभेनले सौर्य बतास र अल्ट्राभ्वाइलेट विकिरणको कारण कसरी मंगल ग्रहको वातावरणबाट आयोनहरु अन्तरिक्षमा निस्कदै छन् भनी अध्ययन गर्दैछ।
म्याभेनलाई सन् २०१३ मा अन्तरिक्षमाम लञ्च गरिएको थियो र सेप्टेम्बर २०१४ देखि यसले मंगल ग्रहलाई परिक्रमा गर्दै छ।

म्याभेन रोभरको एक मोडल
यसमा आठ फरक फरक सेन्सरहरु जडान गरिएको छ, जसले मंगल ग्रहको माथिल्लो वायुमण्डल, आयोनोस्फेयर, सुर्य र सौर्य बताससँग कसरी प्रतिक्रिया गर्छ भनि पत्ता लगाउने काम गर्छ।
केही समय अघि मात्र मंगल ग्रहमा पानी रहेको तथ्य खुलेको थियो। जसलाई नाशा ले ‘ठुलो वैज्ञानिक खोज’ समेत भनेको थियो। जमिनमा पानी बगेर बनेको डोबको आधारमा नाशाले मंगलमा पानी अझै पनि रहेको तथ्य सार्वजनिक गरेको थयो। मंगल ग्रहमा भेटिएको पानीको बारे पुरा पढ्न यहाँ क्लिक गर्नुहोस्।