१ भदौ, मकवानपुर । मकवानपुर पानीसँगै परेकाे चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

आइतबार दिउँसो चटयाङ लागेर राक्सिराङ गाउँपालिका – ८ पाङबुङकी ४५ वर्षीया कान्छीमाया थिङको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घर छेउकै बारीमा काम गर्ने क्रममा थिङलाई चटयाङ लागेको थियो ।

चटयाङ लागेर स्थानीय ३२ बर्षीया सुस्मिता मोक्तान घाइते भएकी छिन् । प्रहरीका अनुसार माेक्तान घरमै बसिरहेका बेला चट्याङ लागेको हो ।