एजेन्सी ।
भारतका चर्चित स्टाण्डअप कमेडियन कपिल शर्मा पुनः विवादमा तानिएका छन् । एक अवार्ड वितरण समारोहमा चर्चित अभिनेत्रीलाई दुर्ब्यवहार गरेपछि उनी विवादमा परेका हुन् ।
कमेडयन कमपिलले इन्टरनेशनल मराठी फिल्म फेस्टिभल अवार्ड (IMFFA) समारोहमा मदिरामा लठ्ठिएर तनीषा मुखर्जी तथा मोनाली ठाकुर लगायतका अभिनेत्रीलाई दुर्ब्यवहार गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
सोही समारोहमा रहेकी गर्लफ्रेण्डले कपिलको ब्यवहारपछि कार्यक्रम नै छोडेर हिँडेको समेत बताइएको छ ।
यी ५ गल्तीका कारण सुपरस्टार बने कपिल शर्मा (भिडियो सहित)
कपिलले यस विषयमा ट्वीटरबाट माफी माग्ने शैलीको अभिब्यक्ति सार्वजनि गरेका छन् । उनले लेखेका छन् “I fall, I rise, I make mistakes, I live, I learn, I\’ve been hurt but I am alive.i am human, I am not perfect but I am thankful”
यो उनको ट्वीट यही घटनासँग सम्बन्धित भएको अनुमान गरिएको छ ।