८ मंसिर, काठमाडौं ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेशी नेताहरुसँग एक्लै वार्ता थालेका छन् । मधेश समस्या समाधान गर्न भन्दै प्रचण्डले मंगलबार दिउसो मधेशी नेताहरुसँग एक्लै वार्ता गरेका हुन् ।

मंगलबार काठमाडौंमा भएको छलफलमा प्रचण्डले मधेशी नेताहरुलाई आफू समस्या समाधानका लागि लागि परेको भन्दै विश्वस्त तुल्याएका थिए । प्रचण्डसँगको वार्तापछि मधेशी नेताहरु पनि सकारात्मक बनेको लाजिम्पाट श्रोतले जनाएको छ ।

Prachanda Mahantha thakur

फाइल तस्विर

ओली आफ्नो अडानबाट टसमस नहुने तर मधेश समस्याका नाममा भारतले नाकबन्दी पनि लम्ब्याउँदै जाने परिस्थिति देखिएपछि प्रचण्डले एकल पहल थाल्ने संकेत अघिल्लो साता नै दिएका थिए ।

ओलीको आफैं ढल्ने तयारी !

उपराष्ट्रपतिको विषयमा झण्डै आमने सामने भएको ओली र प्रचण्डको इगो मधेशको मुद्धालाई लिएर टकरावहुँदै सम्बन्ध विच्छेदसम्म पुग्न सक्ने केही विश्लेषकहरुले बताएका छन् ।