११ माघ, काठमाडौं ।

मधेशी मोर्चाले पुराना आन्दोलनका कार्यक्रम सहित आन्दोलन ससक्त पार्ने भन्दै नयाँ आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । सोमबार राजधानीमा बसेको संयुक्त मोर्चाको बैठकले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

आगामी माघ १८ सम्मका लागि तय गरिएका कार्यक्रममा सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्नेदेखि संविधान संशोधनका विषयमा राजनीतिक दल, बुद्धिजिवी व्यापारीलगायतसँग अन्तक्रिया गर्ने सम्म छन् । मोर्चाले आफूहरुको माग प्याकेजमै सहमति हुनुपर्ने जनाएको छ। मोर्चाले आन्दोलनरत आदिवासी, जनजाति, थारुलगायत सबै समुदायसँग सहकार्यकोलागि आग्रह गरेको छ ।

Morcha Patrakar sammelan

फाइल तस्विर

मोर्चाले रंगेलीमा घटनाको न्यायिक छानविन गर्न माग गर्दै दमन नगर्न सरकारले सचेत तुल्याएको छ ।

यस अघि मोर्चाको प्रमुख घटक मध्ये एक संघीय समाजवादी फोरमले नाकाबन्दीको आन्दोलन फिर्ता नलिने बरु झनै कँसिलो बनाउने निर्णय गरेको थियो ।

संसद बैठक स्थगित, सभामुखले ५ दलका नेतालाई बोलाइन्

आम हडताल चर्काउने, नाका खुल्दैन- संघीय समाजवादी फोरम