९ भदौ, काठमाडौं ।
संघीयताको सीमाङ्कनको विषयमा देशभर तनाव भएपछि प्रमुख दलहरुले असन्तुष्ट पक्षहरुसँग वार्तमा बस्ने निर्णय गरेका छन् ।
प्रमुख दलहरुको बैठकबाट प्रधानमन्त्रीले असन्तुष्ट रहेर आन्दोलन गर्दै आएका मधेशी र थारु समुदायलाई आज भोलीमै वार्तामा बोलाउने सहमति भएको जानकार एमाओवादीका नेता डा बाबुराम भट्टराईले दिएका छन् ।
उनले ट्वीट गर्दै – शीर्ष वैठकमा मधेसी मोर्चा र थारु आन्दोलनकारीहरुलाई प्रम मार्फत आज/भोलि नै वार्तामा बोलाउने समझदारी भएकोछ! सबै पक्षले वार्ताबाटै समाधान खोजौं!’ भनेका छन् ।
हिँजो मात्र भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री कोइरालालाई ५-१० जना कोठामा बसेर संविधान लाद्न नसक्ने भनेर झपारेको हिन्दुस्तान टाइम्सले जानकारी दिएको थियो । यद्यपी यो समाचारलाई प्रधानमन्त्री कार्यालयले झुटो भनेको छ ।