३ मङ्सिर, सुनसरी।

मधेशी मोर्चाको अडानलाई सम्बोधन गर्नका लागि सुनसरी मोरङका मधेश बहुल क्षेत्रलाई टुक्राउने बहस जारी भए सुनसरीमा विभिन्न पार्टिले आन्दोलन थाल्ने चेतावनी दिएका छन् ।

आज सुनसरी एमालेले पत्रकार सम्मेलन गर्दै सुनसरीका कुनै पनि भु–भाग २ नम्बर प्रदेशमा मिसाउने गरि टुक्राउन नमिल्ने बताएका छन् ।

एमाले सुनसरीका कार्यवाहक अध्यक्ष द्धारिकलाल चौधरीले प्रदेश नम्बर १ लाई विभाजन गर्ने प्रयास भए त्यसको डटेर प्रतिकार गर्ने चेतावनी दिए ।

पार्टिको केन्द्रिय निर्णय नआए पनि आफ्नो भुगोललाई कुनै हालतमा टुक्राउन नहुने बताउँदै यस विषयलाई ठुला पार्टिले कुनै सुनुवाइ नगरे सशक्त आन्दोलन गर्ने उनिहरुले चेतावनी दिएका छन् ।

यो पनि पढनुस्।

इटहरीको जनता बस्तीमा बसोबासको ग्यारेन्टी: मन्त्री सुब्बा

दुई राजनीतिक योद्धालाई आजीवन निःशुल्क उपचार दिने निर्णय

मन्त्रिपरिषदको बैठक – प्रत्येक हप्ता भित्रिने इन्धनको जानकारी दिने

चुरे भावरको तराईमा शक्ति प्रर्दशन गर्ने निर्णय