२५ पुस, एजेन्सी । सन् २०२०को पहिलो ग्रहण आज लाग्दैछ । चन्द्र ग्रहणको राति १० बजेर ५२ देखि शुरु भई भोलि बिहान २ बजेर ५७ मिनेटमा सकिनेछ । यो ग्रहणले पूर्णरुपमा चन्द्रमालाई नछोपिकन खण्डग्रास मात्र रहने भएको छ ।

यो ग्रहणको समयमा चन्द्रमा मिथुन राशिमा हुन्छ जसले गर्दा मिथुन राशि भएकाहरु ग्रहणको ठूलो प्रभाव पर्ने देखिएको छ । सो समयमा बुधबो राशि र वृहस्पतिको नक्षत्रमा यो ग्रहण लाग्नेछ । जुन राशि र नक्षत्रमा यो ग्रहण लाग्छ, त्यो राशी र नक्षत्रमा जन्मिएका मानिसहरुलाई ग्रहणले प्रभाव पार्नेछ । मिथुनको राशिको साथमा पूर्नवसु नक्षत्र भएकाहरुले पनि समस्या झेल्नुपर्ने ज्योतिषहरु बताउँछन् ।

चन्द्र ग्रहणको समयमा घरमा भएको जलाभिषेक गर्नुपर्छ । पारस शिवलिंगको विशेष पूजा ग्रहणको प्रभावलाई काम गर्छ । यो समयमा सेतो रङको कपडा लगाएर बस्नुपर्छ । चन्द्रमाा ग्रहणको छायाँमात्र देखिने भएकोले सबै स्थानबाट यो ग्रहण हेर्न सकिँदैन ।