२४ जेठ, काठमाडौं ।
शेरबहादुर देउवा नेतृत्वको सरकारमा पठाउने मन्त्रीहरुको टुंगो लगाउन नेकपा माओवादी केन्द्रको बैठक जारी छ । केन्द्रीय कार्यालयको बैठकले सरकारमा सहभागी हुने मन्त्रीको टुगो लगाउने छ ।

बैठकमा सहभागी एक नेतालले नेपाली हेडलाइन्ससंग भने,‘सरकारमा सहभागी हुने सबै मन्त्रीहरुको टुंगो आज लाग्दैन, केहीलाई आज सरकार सहभागी गराइने छ ।’

माओवादीबाट गृह मन्त्रालय कसले लिने भन्ने हानाथाप छ । सरकारको नेतृत्व कृष्णबहादुर महराले गर्ने र गृह मन्त्री जनार्दन शर्मा बन्ने चर्चा पनि पार्टीभित्र चलेको छ । पार्टीभित्र मन्त्री बन्नेको आकांक्षीहरु बढी देखिएपनि प्रधानमन्त्री प्रचण्डले क कसलाई मन्त्री बनाउने भन्ने गृहकार्य यस अघि नै गरिसकेका छन् ।

सहमति जुटेकालाई आज सपथ खुवाउने पठाउने र बाँकी कसलाई मन्त्री बनाउने भन्ने अन्तिम निर्णय गर्ने जिम्मेवारी पार्टी अध्यक्ष प्रचण्डलाई दिने तयारी भएको बताइएको छ ।