१ कात्तिक, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले त्रिभुवन विमानस्थलको विमान उडान र अवतरणको कन्ट्रोल रुमको निरीक्षण गरेका छन् । मन्त्री भट्टराईले बिहीबार विमानस्थलको एटिसी टावसको निरीक्षण गरेका हुन् ।

निरीक्षणको क्रममा मन्त्री भट्टराईले त्यहाँका कर्मचारीहरुको काम गर्ने शैलीको निरीक्षण गरेका थिए । साथै उनले विमानस्थललाई चुस्त र दुरुस्त राख्नको लागि पनि विमानस्थल प्रशासनलाई निर्देशन दिएका छन् । नेपाल नागरिक उड्ययन प्राधिकरणले बिहीबार साँझ गरेको ट्वीटमा मन्त्री भट्टराईले टावरको निरीक्षण गरेको बताइएको छ ।

मन्त्री भएपछि भट्टराईले लोकप्रिय बन्दै गएका छन् । उनी हरेक क्षेत्रमा पुगेर आफैँले कामको निरीक्षण गरिरहेका छन् । दशैँमा मन्त्री भट्टराई गौतम बुद्ध विमानस्थल भैरहवाको निर्माणको अवलोकनका लागि त्यहाँ गएका थिए । उनी त्यहाँ पुग्दा लगभग १ सय भन्दा धेरै कामदार त्यहाँ काम गरिरहेका थिए ।