१ भदौ, एजेन्सी । नौ लाख लिटर डिजेल बोकेको मलेसियन समुन्द्री जहाज अपहरणमा परेको छ ।
मलेसियाको तान्जुङ पल्पासबाट नौ लाख लिटर डिजेल भरेर आउदै गरेको ट्याङ्कर सहितको जहाज इन्डोनेसियाको समुन्द्री क्षेत्रतर्फ लगिएको समुन्द्री सुराक्षार्थ खटिएका मलेसियन अधिकारीहरुले बताएका छन् ।
नेपाल र चीनबीच सँधै ब्यवहारिक सम्बन्ध- चिनियाँ प्रधानमन्त्री
मलेसियाको समुन्द्री सुरक्षा दस्ताको निर्देशकले ट्वीटर मार्फत जहाज इण्डोनेसियाको बटमतर्फ लगिएको हुनसक्ने बताएको बीबीसीले जनाएको छ सो जहाज झण्डै ४ लाख अमेरिकी डलर बराबरको रहेको बताइएको छ । अपहरणको जिम्मा कसैले लिएको छैन ।