५ फागुन, काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले काठमाडौं जिल्ला अदालतबाट सफाई पाउनुलाई पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आफ्नो अनुमान अनुसार नै फैसला आएको बताएका छन् ।

आज साँझ ट्वीट गर्दै समाजवादी पार्टीका अध्यक्षसमेत रहेका भट्टराईले महराको मुद्दा कानुनी नभएर नैतिक भएको उल्लेख गरेका छन् । ‘मेरो अनुमान अनुरुप नै फैसला आएछ । शायद सत्य त्यही हो’, उनी लेख्छन्, ‘मियाँ बीबी राजी तो क्या करेगा काजी! जो भनिन्छ ।’
सार्वजनिक जिम्मेवारी बहन गर्ने व्यक्ति निजी जीवनमा पनि सतर्क रहनैपर्नेमा उनको जोड छ । ‘जे हुनु भैगयो’ उनी थप्छन्, ‘अब वृहत सामाजिक राष्ट्रिय मुद्दामा केन्द्रित होऔं ।’
