२० बैशाख, काठमाडौं ।

प्रधानन्यायाधीश सुशीला कार्की विरुद्धको महाअभियोग प्रस्ताव फिर्ता गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिटको पेशी भोलीलाई तोकिएको छ ।

प्रधानन्यायाधीश कार्कीविरुद्ध संविधान मिचेर महाअभियोगको प्रस्ताव ल्याइएको भन्दै अधिवक्ता सुनिल रञ्जन सिंहले हिजो रिट दायर गरेका थिए ।

सर्वोच्चले आज उनको रिट दर्ता गरेको हो । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र व्यवस्थापिका संसदविरुद्ध दायर भएको रिटमा कायम मुकायम प्रधानन्यायाधीश गोपाल पराजुलीलाई विपक्षी बनाइएको छ ।

कामु प्रधानन्यायाधीश पराजुलीलाई तत्काल कुनै पनि कार्य नगर्न नगराउन र प्रधानन्यायाधीश कार्कीलाई पूर्ण जिम्मेबारीका साथ यथावत राख्न रिटमा माग गरिएको छ ।