१५ फागुन, एजेन्सी । अस्ट्रेलियामा जारी महिला टी–ट्वान्टी विश्वकप अन्तर्गत आफ्नो तेश्रो खेलमा भारतले न्यूजिल्याण्डलाई ४ रनले पराजित गरेको छ ।

मेलबर्नमा भएको प्रतियोगितामा न्यूजिल्याण्डले टस जितेर पहिला बलिङ रोजेपछि ब्यााटिङमा तानिएको भारतले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ३३ रन बनाएको थियो । भारतका लागि सैफाली बर्माले सर्वाधिक ४६ रन बनाइन् ।

१ सय ३४ रनको विजयी लक्ष्य पछ्याएको न्यूजिल्याण्ड निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय २९ रनमा समेटियो । न्यूजिल्याण्डका लागि ३४ रन बनाउने एसी केर टप स्कोरर रहिन् । भारतकी सैफाली बर्मा प्लेयर अफ द म्याच घोषित भइन् ।

महिला टी–ट्वान्टी विश्वकपमा भारतले पहिलो खेलमा इंल्याण्डलाई १७ रनले पराजित गर्दा दोश्रो खेलमा बांग्लादेशलाई १८ रनले पराजित गरेको थियो । भारत अहिले ६ अंकसहित अंकतालिकाको शीर्षस्थानमा रहँदा दोश्रो स्थानमा न्यूजिल्याण्ड र तेश्रो स्थानमा अस्ट्रेलिया रहेको छ । उनीहरुले समान २–२ अंक छ ।