१३ मंसिर, काठमाडौं । १३ औंँ दक्षिण एसियाली खेलकुद (साग)मा आज भएको महिला भलिबलमा भारतले बंगलादेशलाई पराजित गरेको छ । समूह चरणको दोश्रो खेलमा लगातार दोश्रो जित दर्ता गराएसँगै भारत सेमिफाइनलमा प्रवेश गरेको हो ।

भारतले बंगलादेशलाई ३–० को सोझो सेटमा परााजित गरेको हो । पहिलो सेटमा २५–१८, दोश्रो सेटमा २५–११ बंगालदेशलाई पराजित गरेको भारतले तेश्रो सेटमा २५–९ ले खेल आफ्नो पक्षमा पार्यो ।

पहिलो खेलमा नेपाललाई पराजित गरेको भारतले दोश्रो खेलमा बंगलादेशलाई पराजित गरेको हो । बंगलादेश भने दुई खेलमा हार बेहोरेसँगै खेलबाट बाहिरिएको छ ।

नेपालले बंगलादेशलाई ३–० को सोझो सेटम बुधबार पराजित गरेपछि नेपाल भने सेमिफाइनलसम्मको यात्रा तय गरेको हो । नेपालले अब सेमिफाइनलमा भोलि माल्दिभ्स र श्रीलंकाबीचको बिजेतासँग खेल्नेछ ।